दैलेख ः कर्णाली प्रदेशका ८ जिल्लाका २३ जना स्वयंसेवकहरूलाई आधारभूत प्राथमिक उपचार तालिम बारे प्रशिक्षण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशले कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत कोभिड १९ फोकल पर्सनहरु र स्वयंसेवकहरूलाई तालिम प्रदान गरिएको हो । विपतका बेलामा प्राथमिक उपचार कसरी गर्ने, आकस्मिक रूपमा जीवन रक्षाका लागि उपयोगी सीप विकासका बारेमा तालिम प्रदान गरिएको हो ।
तालिम कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यसमिति अध्यक्ष भेष बहादुर थापाले गरेका थिए ।











